चैतन्य पाठशालाको ब्रान्ड एम्बेसडर को रुपमा भरत विक्रम शाह नियुक्त


लेखक : सुन्दराञ्चल      मंसिर २३, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाको ब्रान्ड एम्बेसडर को रुपमा भरत विक्रम शाह नियुक्त

धनगढी मंसिर २३, धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले शिक्षा र संस्कारको सङ्‌गम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले चिर परिचित शैक्षिक संस्था पछिल्लो समयमा शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न नवीनतम कार्य गर्दै आइरएको छ।
सुदूरपश्चिमलाई चिनाउन विगत लामो समयदेखि सामाजिक अभियान्ता, साइकलिष्ट तथा फारवेष्टर्न राइडरका नामले परिचित गराउँदै आएका गोदावरी नगर पालिका, मझगाउँका भरत विक्रम शाह चैतन्य पाठशालामा ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएका हुन।

सुदूरलाई चिनाउन सत प्रयास गरेको तथा आफ्नो क्षेत्रको पहिचानलाई राष्ट्रव्यापी रुपमा परिचित गराउन निरन्तर लागि रहने र चैतन्य पाठशाला जस्तो विद्यालयमा आफू जोडिन पाउँदा गौरवान्वित भएको र चैतन्यमा ब्रान्ड एम्बेसडर भएर आगामीका दिनमा सांस्कृतिक,पर्यटकीय तथा सामाजिक जस्ता पक्ष चिनाउनमा थप हौसला मिलेको भरत विक्रम शाहले बताए । आज आइतबार पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले उक्त कुरा घोषणा गर्दै एम्बेसडर नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap