चैतन्य पाठशाला स्कुले आगामी वार्षिक समीक्षा,कार्यक्रम धनगढीमा कार्ययोजनाबारे छलफल,


लेखक : सुन्दराञ्चल      बैशाख १०, २०८० मा प्रकाशित     
चैतन्य पाठशाला स्कुले आगामी वार्षिक समीक्षा,कार्यक्रम धनगढीमा कार्ययोजनाबारे छलफल,

महादेव गिरी संवाददाता

धनगढी बैशाख १०, धनगढी शिवनगरमा रहेको चैतन्य पाठशाला स्कुले आगामी वार्षिक समीक्षा तथा वर्षको कार्ययोजनाबारे छलफल कार्यक्रम गरेको छ । धनगढीमा रहेको चैतन्य पाठशालाका स्कुलका शिक्षक, तथा शिक्षिकाहरूको सहभागितामा विद्यालयले विगत एक वर्षको समीक्षा प्रगति र आगामी एक वर्षको कार्य योजना सम्बन्धी छलफल गरेको हो ।No description available.

सोही कार्यक्रममा शिक्षक, तथा शिक्षिकाहरूले पाँच पाँच मिनेटमा आ.आफ्नो प्रस्तुति राखेका थिए । भने उनीहरूले आफूले गरेका कार्यपत्र, अनुभव र अनुभूतिको बारे प्रस्तुतीकरण राखेका थिए । विद्यालयका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले पाठशालालाई संस्कारसहितको शिक्षालाई जोड दिएकाले थप के कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका कुराहरू राखेका थिए । पाठशालाले विद्यार्थी शिक्षक, अभिभावक तथा समाजलाई समन्वय गरी थप प्रदेशकै नमुना विद्यालय कसरी बनाउने उद्देश्य राखेको बताए ।

No description available.
विद्यार्थीका समस्या अभिभावक र शिक्षकसम्म, शिक्षकका समस्या विद्यालयले के कसरी समाधान गर्न सक्छ त्यसतर्फ विद्यालय लागी रहेको बताए । विगतका अनुभवलाई समेटेर आगामी वर्षमा के कसरी विद्यालयलाई अगाडी बढाउन सन्धि भनेर कार्य योजना बनाइरहेको उनको भनाई छ ।
यस्तै पाठशालाका पूर्व प्रिन्सिपल उदय प्रताप सिंहले विद्यालयले विभिन्न सेवा सुविधा दिइरहेको बताउँदै शिक्षक शिक्षिकाहरूको त्याग सर्मपनको आवश्यकता रहेको बताए । शिक्षक शिक्षिकाहरूको बिच समन्वय गर्ने कुरा या विद्यालयसँग समन्वय गर्ने कुरामा एक जुट भएर लाग्न सुझाव दिए । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सिपल हरि प्रसाद जोशी, शिक्षक रमेश छेडाल, बिन्दाश बम, हेमा जोशी लगाएतको शक्षिक, शिक्षिकाको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका सचिव प्रेम दहित,लाइ पाठशालालले मायाको चिनो प्रदान गरेको थियो । भने सुन्दराञ्चल राष्ट्रिय दैनीककी प्रकाश,सम्पादक,भावना जोशी, धनगढी खबरका सेरबहादुर ऐर बाबा टीभीका,सौरव राना,सुदुर सन्देशकी मनीसा मडै, पश्चिम टुडेका बिरबहादुर सिहँ,स्टेट सेवनकका हरिष भट्ट, सुन्दराञ्चल डटकमका महादेव गिरी लगायतलाई पाठशालाले मायाको चिनो प्रदानगरेको थियो । चैतन्य पाठशालामा मन्टेश्वरी देखी कक्षा १० सम्म पढाइ हुँदै आएको छ । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक कटक बहादुर सिँहले गर्नु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap