चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालन


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७९ मा प्रकाशित     
चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालन

३० भदौ, काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेकाे छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएकाे उनले बताए ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएकाे भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएकाे कन्टेनरमा एउटामा कच्चा उन  र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap