चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी


लेखक : सुन्दराञ्चल      बैशाख १२, २०८० मा प्रकाशित     
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी

चितवन- बैशाख १२, चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो ।

उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्नु भएको हो । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याउनु भएको छ ।

त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउनु भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap