चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री

माघ १०, कोरोना महामारी बढेपछि नेपालमा यसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको आयात बढेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो डेढ वर्षमा नेपालमा २९ हजार ५५९ थान मेडिकल भेन्टिलेटर, २ लाख ३ हजार ३१ थान अक्सिजन कन्सन्ट्रेटर र २३५ थान पिसिआर मेसिन बिभिन्न देशबाट भित्रिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री तथा उपकरणहरु भित्रिएको छ ।

२०७८ साउन यता मानवको प्रयोगका लागि बिभिन्न प्रकारका २ लाख २० हजार ९४० केजी खोप नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । ती खोप २० अर्ब ४६ करोड ६३ लाख ८७ हजार रुपैयाँमा आयात गरिएको हो ।

सोही अवधिमा २२० थान पिसीआर मेसिनलाई ५ करोड ७८ लाख ६९ हजार रुपैयाँमा खरिद गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड २१ लाख ३२ हजार रुपैयाँमा १ लाख ६३ हजार ७४४ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन् । ४ करोड ६५ लाख ५३ हजार रुपैयाँमा ४ लाख ११ हजार ४७ थान अक्सिजन र भेन्टिलेटर मास्क सो अवधिमा नेपाल भित्रिएको देखिन्छ ।

गत साउनदेखि पुस मसान्तसम्म विभिन्न देशबाट ७३ करोड ७८ लाख ३७ हजार रुपैयाँ खर्चेर ३ हजार ४२१ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको छ । सोही समयमा ८ करोड १९ लाख ३१ हजार रुपैयाँको थर्मोमिटर ल्याइएकाे छ भने ३ करोड २० लाख ९६ हजार रुपैयाँमा १ लाख ९७ हजार ४८७ थान थर्मल गन (डिजिटल इन्फ्रारेड थर्मोमिटर) ल्याइएको छ । भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले २ करोड २५ लाख ५१ हजार रुपैयाँमा ६ लाख १० हजार २ थान फेस शिल्ड खरिद गरेको छ ।

दातृ निकायले दिएको स्वास्थ्य सामाग्री खोइ ? सरकार भन्‍छ- अस्‍पताललाई  पठायौँ, अस्‍पताल भन्‍छ- पाएनौंनेपालले बितेको ६ महिनामा मात्र विभिन्न देशबाट ९५ करोड ५६ लाख ५  हजार रुपैयाँमा ८ करोड ४६ लाख ११ हजार १७० थान फेस मास्क खरिद गरेको छ । उक्त अवधिमा २३ करोड २२ लाख ५४ हजार रुपैयाँमा ५६ हजार २३५ केजी डाइग्नोस्टिक किट्स नेपाल भित्रिएका छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँमा ३९ हजार २८८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएको थियो । गत आर्थिक वर्ष नै १ करोड ५३ लाख २८ हजार रुपैयाँमा १५ थान पिसीआर मेसिन नेपाल ल्याइएको विभागले जनाएको छ ।

गएको वर्ष ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँमा २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष नै बिभिन्न देशबाट नेपालमा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क भित्रिएको थियो ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap