चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक


लेखक : सुन्दराञ्चल      चैत्र १, २०७९ मा प्रकाशित     
चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

१ चैत,  चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ ।

दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ ।

चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

यस्तै ८ गते रुपन्देही ११ र सुदूरपश्चिमबीचको विजेता तथा हिमालय शेर्पा र थ्रीस्टारको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल ९ गते एपीएफ र फ्रेण्ड्सबीचको विजेता तथा मनाङ मर्स्याङ्दी र पुलिसको विजेताबीच हुने छ ।

चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने संघका महासचिव गौचनले बताए ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने निर्णय गरेको संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसीले बताए ।

२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

२०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।

बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

हालसम्म को को विजयी भए ?

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९औं संस्करणको उपाधि सीएमसी संकटा क्लवले जितेका थिए ।

२०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लब काठमाडौंले जितेको थियो ।   अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap