गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा


लेखक : सुन्दराञ्चल      भदौ ६, २०८० मा प्रकाशित     
गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा

भाद्र ६,  सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ।

पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap