धनगढी भदौ १५, कैलालीको गोदावरी नगरपालिका अत्तरियामा गौ हत्या विरुद्ध विरोध प्रदर्शन गरिएको छ। लोक कल्याणकारी गौ सेवा ट्रष्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले धरानमा भएको गौ हत्याको विरुद्धमा आज शनिबार विरुद्ध प्रदर्शन गरेको हो। बिरोदमा अत्तरिया बजार परिक्रमा पछि कोण सभामा सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य खेमादेवि बिष्ट हिन्दु धर्मावलम्बीहरु एक भएर गाईको रक्षा गर्नुपर्ने बताइन्।
उनले भने हिन्दु धर्ममाथि प्रहार भएको गाईको मासु खाएर सामाजिक सञ्जालमा हाल्ने काम भइरहेको भन्दै आफ्नो पार्टी राप्राको तफर्बाट पनि त्यसको विरोध गरिएको बताइन्। यसअघि कैलालीको धनगढी तथा टीकापुरमा पनि विरोध प्रदर्शन गरिएको थियो।