गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी


लेखक : सुन्दराञ्चल      पुस १, २०७९ मा प्रकाशित     
गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

पुष १ गते एकै संस्करणमा विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दा कस्तो होला ? सायद यो सफलताको खुसी शव्दमा व्यक्त गर्न सकिंदैन । इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने ।

उनी सम्मिलित टिमले विश्वकप उपाधि जित्यो । उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ताका लागि उनले नै गोल्डेन बुटसमेत जिते । उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए ।

स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो । पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरे ।

इटलीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३–२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २–० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए । रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।

सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap