गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र ब्यवस्थापनमा ध्यान दिन कृर्षि बिज्ञको सुझाब


लेखक : सुन्दराञ्चल      मंसिर २६, २०८० मा प्रकाशित     
गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र ब्यवस्थापनमा ध्यान दिन कृर्षि बिज्ञको सुझाब
 मंसिर २६,टिकापुर  ,गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको व्यवस्थापन। रोगको परिचय पछौटे डढुवा रोग गोलभेंडा, आलु आदी बालीमा लाग्ने गर्दछ। यो रोगको कारक फाइटोप्थोरा इन्फेस्टेन्स नामक परजीव हो ।यो रोग युरोप तिर आलुमा आक्रमण गर्दा सन् १८४५–१८४९ सम्म भोकमरि भएको थियो जहाँ आलु मुख्य खाद्य वस्तु थियो जसले गर्दा २ मिलिएन मानिसहरु मरे र धेरै खान नपाएर अपाङ्ग र रोगी भए । धेरैले खान नपाएर दक्षिण अमेरिका तिर बसाईसराई नै गरे ।
रोगको लक्षण सुरु –सुरुमा तल्लो पातका किनारमा भिजेको जस्तो दाग देखा पर्छन् । जुन हल्का हरियो रंगको हुन्छ र केही दिन भित्रै यि दागहरु खैरो वा हल्का कालो रंगमा बद्लिएर जान्छन् ।
बिहान पख वा वादल लागेको अवस्थामा पातको तल्लो सतहमा हेरियो भने कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आँखाले सजिलै देख्न सकिन्छ । मौसम अनुकुल हुदै गएमा ढुसीको व्यापक बृद्धि हुदै जान्छ , जस्ले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा कालो दागहरु बढ्दै जान्छन् । अन्त्यमा छिटै पुरै बोटहरुलाई डढाएर मारि दिन्छ । यस्ता रोग लागेको दानालाई बिचमा काटेर हेर्दा भित्रको गुदी खैरो देखिन्छ ।
पात र डाँठमा विकास भएका ढुसीहरु माटोमा झर्छ र गोलभेंडाको बोटलाई आक्रमण गर्छ । रोगको श्रोत र फैलिने वातावरण माटो, बीउ र हावामा रहेको ढुसीहरु नै रोगका मुख्य श्रोतहरु हुन् । खेतीवारीका छेउछाउमा फ्याकेका गोलभेंडाका बोटहरु, झारपातका ढुटाहरु, रोगग्रस्त बिउहरु यस रोगका श्रोतहरु हुन् । राती धेरै सित पर्ने, दिउँसो बादल लाग्ने, सिमसिम वर्षा भई वातावरणको तापक्रम २०–३० डिग्री सेल्सीएस र आद्रता ८५–९५% रहेको अवस्थामा यो रोग तिब्र रुपमा फैलिदै जान्छ र केही दिन भित्रै (७–१० दिन) गोलभेंडाको पुरै खेत डढेलो लागेको जस्तो देखिन्छ ।
रोगको व्यवस्थापन –स्वस्थ्य बीउ रोप्ने –रोग लागेको पात, डाँठ, फल र विरुवा अवशेष हटाउने वा जलाउने –विरुवा रोप्ने समय, स्थान र मौसम अनुसार रोग अनुकुल वातावरण छल्न केही छिटो वा ढिलो गरी मिलाउने –सन्तुलित मलखादको प्रयोग गर्ने –वाली चक्र अपनाउने (आलु, भाण्टा, खुर्सानी वाहेक) –ट्राईकोडर्मा जैविक विषादी प्रयोग गर्ने –रोग सुरु हुने वेला देखि कपर भएको ढुसी नाशक विषादी जस्तै थाईडियाजोल कपर, कपर अक्सिक्लोराइड, कपर हाइड्रोअक्साइड २ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा ३–४ पटक बोट राम्ररी भिज्ने गरी छकर्ने अथवा –क्लोरोथालोनिल ७५% डब्लु.पि. (प्रोटेक्टर जेड.एन., डिफेन्स, प्लान्ट गर्डा) अथवा प्रोपोनीव ७०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा मिसाई छकर्ने –म्यानकोजेव ६४% साईमोक्जानिल ८% डब्लु.पि. (किङ्गमिल ७२%, सीमोनील) वा मेटाल्याक्जेल म्यानकोजेव ६४% (किङ्गमिल एम.जेड, अनुमील) २ ग्राम प्रति लिटर पानीमा मिसाएर छकर्ने –डाईमेथोमर्फ ५०% डब्लु.पि. (किङ्गस्टिभल, एन–व्याट, रीयल व्याट) वा फेनामाइडन १०% म्यानकोजेव ५०% डब्लु.पि (सेक्टीन, के–टीन) २ ग्राम प्रति लिटर पानीमा मिसाएर छकर्ने ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap