गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारसंग भेटे


लेखक : सुन्दराञ्चल      माघ ११, २०७९ मा प्रकाशित     
गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको  प्रेमप्रसाद आचार्यको परिवारसंग भेटे

काठमाडौं  ११ माघ,  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् ।

कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।

भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकतामा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग क्षमा समेत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap