गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे,


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७९ मा प्रकाशित     
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे,

१३ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले भने, ‘नागरिकता विधेयक निर्वाचन प्रेरित छैन,  किनभने यो ऐन अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमै छैनन्, मतदान गर्न पाउँदैनन् ।’

उनले नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गर्नेबेलासम्ममा मंसिर ४ गते आइसक्ने भएकाले यसले निर्वाचनलाई कुनै प्रभाव नपार्ने बताए । जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनले दाबी गरे ।

उनले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर नै सरकारले राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको बताए ।

गृहमन्त्री खाणले भने, ‘मन्त्री र प्रतिनिधिसभा सदस्यको हैसियतमा फिर्ता हुँदा तत्कालीन सभापतिले असहमति जनाउनु भएको छैन । राज्य व्यवस्था समितिको प्रतिवेदन राजनीतिक रूपमा अघिल्लो सरकारले नै फिर्ता लिएको हो किनभने समितिको प्रतिवेदनका आधारमा अध्यादेश आएन । सुरूमा प्रस्तुत विधेयककै आधारमा आयो ।’ अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap