१७ फागुन, । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।
गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।
कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।
तर, कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृहमन्त्रालयले ठहर गरेको छ ।
उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृहमन्त्रालयले पुन: किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।
