गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागे


लेखक : सुन्दराञ्चल      असार १२, २०८० मा प्रकाशित     
गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागे

 असार १२,  गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।

रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो ।घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।

‘प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् ।

उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे । आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।

बोटल प्रहार गर्ने युवकले पनि गायक सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap