खुटिया नदिमा तटबन्द नबन्दा समस्या, २० बर्ष देखि तटबन्धकाे पर्खाईमा नदि किनाराका स्थानिय


लेखक : सुन्दराञ्चल      माघ २१, २०८१ मा प्रकाशित     
खुटिया नदिमा तटबन्द नबन्दा समस्या, २० बर्ष देखि तटबन्धकाे पर्खाईमा नदि किनाराका स्थानिय

धनगढी माघ २१, कैलालीको गोदावरी नगरपालिका–९ खुटिया नदीमा पूर्वी क्षेत्रमा सात दलको निर्णयमा २०६१ सालमा ६८ घर परिवार राखियो।
कैलालीको चुरे क्षेत्रका पहिरो पीडितहरूको व्यवस्थापन गर्ने भन्दै जिल्लास्थित राजनीतिक दलहरूले निर्णय गरेर उनीहरूलाई नदी किनारामा राखेका हुन। तत्कालीन जिल्ला वनले तीन पटक उठाएका उनीहरू स्थायी रूपमा नदी किनारमा बस्दै आएको २० वर्ष भएको छ। तर, नदी किनारामा बस्दै आएका नागरिकले विकासको नाममा तटबन्धसमेत पाएका छैनन। नदी किनारामा बसोबास गर्ने घर–परिवारको सङ्ख्या सात सय पुगेको छ।
तर, गोदावरी नगरपालिकाको विकास नदी किरानको बस्तीमा पुगेको छैन। स्थानीय तारा धामीले नदी किनाराका बस्तीहरूमा विकास नआएको बताइन। उनले भनिन, ‘हामी गरिब भएर हो की रु गिट्‍टी कुटेर खाने भनेर नहेरेको हो की रु भोट हाल्ने बेला तटबन्ध गर्छौ भन्दै थिए। पछि आउनु भएन। पहिलो नदी टाढा थियो। अहिले घर नजिक आएको छ। बर्सातको समयमा राति घर थर्किन्छ।’
गोदावरी नगरपालिकाले खुटिया खोलाबाट प्रत्येक वर्ष सात करोडको हाराहारीमा आम्दानी गर्दै आएको छ। तर, नदी किरानमा बसोबास गर्दै आएका नागरिकहरूले विकास नपाएका हुन। नदीको धार परिवर्तनका कारण बस्ती जोखिममा रहेको छ। बस्तीको संरक्षाका लागि उनीहरूले चार पटक सम्म तटबन्ध निर्माणको माग गरेका छन्। गोदावरी नगरपालिका लगायतका विकासे अड्डाहरू धाएका उनीहरूले विकास पाएका छैनन। गोदावरी नगरपालिका–८ र ९ मा पर्ने खुटिया खोला किनारका बस्तीहरू उच्च जोखिममा रहेका एक स्थानीयले बताइन। उनले भनिन्, ‘बस्ती जोखिममा छ। सामुदायिक वनको जमिन कटानी भएको छ।

दैनिक मजदुरी गर्छौ। बास भएन भने साँझ कता बसौला रु हाम्रो आम्दानीको स्रोत गिट्‍टी हुन। गिट्‍टी कुटेर भएको आम्दानीबाट खान्छौ। ’बर्सातको समयमा खुटिया नदीले पुल जमिन कटानी गर्दै आएको छ। महेन्द्र राजमार्गको खुटिया पुल मुनीको जमिन बाढीले कटान गर्दै आएको हो। बाढीले प्रत्येक वर्ष जमिन कटानी गर्दै आएको छ। तर, नदी कटानबाट बस्तीको सुरक्षाका लागि योजना स्थानीय सरकारसँग छैन। खुटिया खोलाबाट हुने आम्दानीको प्रतिशतका हिसाबले विकास दिनुपर्ने उनीहरूको माग रहेको छ। सङ्घर्ष समितिका संयोजक गोपाल देउवाले नगरपालिकाले खुटिया खोलाबाट भएको आम्दानीको प्रतिशतका हिसाबले बजेट विनियोजन गर्नुपर्ने बताए। उनले भने, ‘वडामा एक करोड पनि बजेट हुँदैन। खुटिया खोलाबाट मात्र सात करोड वार्षिक आम्दानी हुन्छ। यो बस्ती जोखिममा छ। तटबन्धसमेत दिदैन। बस्ती जोखिममा पारेर नदीबाट गिट्‍टी, बालुवा, ढुङ्गा लैजाने काम हुँदै आएको छ। तर, बस्तीको सुरक्षामा नगरपालिकाले कुनै वास्ता गरेको छैन।’
खुटिया खोलामा बसोबास गर्दै आएका नागरिकको प्रमुख आर्थिक स्रोत गिट्‍टी हो। गिट्‍टी बिक्रीबाट उनीहरूले जीविका चलाउदै आएका छन्। गिट्‍टी कुटेर जीविका चलाउने भएकाले जनप्रतिनिधिलेसमेत हेपेका उनीहरूको गुनासो छ। एक महिलाले भनिन्, ‘बगे पनि गिट्‍टी कुटेर खाने त बग्छन सोच्छन। हाम्रो बस्ती सुरक्षाका लागि बजेट दिदैन।’ गोदावरी नगरपालिका–९ खुटिया खोलाको पूर्वी क्षेत्रको बस्तीमा ग्राभेलसम्मको सडकसमेत नरहेका गुनासो उनीहरूको छ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap