बाजुरा खप्तड छेडेदह-२ गाज्रामा भोली देखी दशैंमेला लाग्ने


लेखक : सुन्दराञ्चल      मंसिर १, २०८० मा प्रकाशित     
बाजुरा खप्तड छेडेदह-२ गाज्रामा भोली देखी दशैंमेला लाग्ने

 मंसिर १, बाजुराको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ गाज्रामा दशैंमेला लाग्ने भएको छ। जिल्लाकै प्रसिद्ध ऐतिहासिक मानिने गाज्रा दशैंमेला कार्तिक शुक्ल पञ्चमी अर्थात भोली ९मंसिर २ गते० भव्यताका साथ लाग्ने भएको आयोजकले जनाएको हो।

खप्तड छेडेदह २ गाज्रामा हरेक बर्ष औंशीको पञ्चमीमा लाग्ने दशैंमेलामा बाजुरासहित छिमेकी अछाम र बझाङ डोटी जिल्लाबाट पनि भक्तजनहरु आउने गरेका छन्। बिजयादशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि गाज्रामा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गरेको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष भक्त बहादुर बुढाले बताए।

हरेक बर्ष लाग्ने दशैंमेलामा भक्तजनहरुको बाक्लो भिड नै रहने गरेको र दुर्गा देवीको पुजा, भाकल गर्दा मनोकामना पुरा हुने बिश्वास रहिआएको उनले बताए। भक्तजनहरुले पुजा गर्ने, हवन गर्ने बोका तथा राँगाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको उनको भनाई छ। जिल्लाबासीहरुबाट संकलित सहयोगबाट सँयुक्त पुजा तथा ब्यक्तीगत रुपमा पुजा गर्ने ब्यवस्था मिलाइएको छ। मेलामा दिउँसो भक्तजनहरुले पुजापाठसंगै आफूले भाकल गरेका राँगा–बोकाको बलिसमेत चढाउने गर्दछन्, उनले भने ।

मेलामा ऐतिहासिक सांस्कृतिक देउडा,न्याउले लगायतका खेलमालका साथै स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ। मेला व्यवस्थापनकालागि वडा क्लब,नागरिक समाज, बुद्धिजीवीको नेतृत्वमा मेला व्यवस्थापन समिती गठन गरेर मेलालाई व्यवस्थित बनाइएको वडा अध्यक्ष बुढाले बताए। यस्तै गाज्रा दशैंमेलाको अवसरमा हरेक बर्षझै यसबर्ष पनि भलिबल प्रतियोगिता पनि हुने वडा अध्यक्ष बुढाले जानकारी दिए। दशैंमेलामा भलिबल प्रतियोगितामा करिब २० बढि टिमको सहभागीता रहनेछ।

बाजुरा १ मंसिर,बाजुरा विभिन्न जिल्लाबाट सभागिता भलिबल खेल्नका लागि टिम दर्ता भने मेला लाग्ने दिनसम्म गरिसक्नुपर्ने बताइएको छ। रातभर मेला लाग्ने र बिहानबाट भलिबल खेलाईने भएको छ । वडाध्यक्ष बुढाले बाजुरा जिल्लाकै प्रसिद्ध ऐतिहासिक मेला भएकाले स्थानीय तह र प्रदेश सरकारले अझै यस्को बार्यमा प्रचार(प्रसार गर्नुपर्ने वडाध्यक्ष बुढाले बताए ।

मन्दीर मर्मत, रंगरोगन, घेरवारसहित हरेक बर्ष हुँदै आएको एतिहासिक दशैंमेलालाई प्रचार प्रसार गर्न आवश्यक रहेको बताए। प्रचार(प्रसारबाटै यस्को धार्मिक तथा सांस्कृतिक महत्व बढ्ने भएकाले अझ बढी स्थानिय सरकार तथा प्रदेश सरकारको दायीत्व रहेको बताए। प्रचार(प्रसारमा सबैले आ(आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउँदै आफू त्यसमा सहकार्य गर्न तयार रहेको प्रतिबद्यता ब्यक्त गरे।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap