क्षमता भन्दा बढी कैदीबन्दी भएकाले बाजुरा कारागारमा राम्ररी सुत्न पनि पाउँदैनन् जेलर तिवारी


लेखक : सुन्दराञ्चल      जेष्ठ १, २०८१ मा प्रकाशित     
क्षमता भन्दा बढी कैदीबन्दी भएकाले  बाजुरा कारागारमा राम्ररी सुत्न पनि पाउँदैनन्  जेलर तिवारी

जेठ १ बाजुरा ,जिल्ला कारागार बाजुरामा २५ जना अटाउने क्षमता भएको जिल्ला कारागार बाजुरामा हाल कैदी र थुनुवा गरी ७२ जना राखिएको छ । क्षमता भन्दा तेब्बर बढी मानिस राखिँदा खान, सुत्न र शौचालय जानसमेत समस्या भोग्नुपरेको कैदी विशाल बिकले बताए ।

कारागारमा अहिले पानीको अभाव भएको र सुत्ने ठाउँ नपुगेर राम्ररी निदाउन पनि नसकिएको कैदीबन्दीहरु बताउँछन् । क्षमता भन्दाबढी कैदी र थुनुवा राख्दा सुत्न त के सजिलोसँग बस्न पनि नमिल्ने अवस्था छ । जेलर अनिलकुमार तिवारीका अनुसार एउटा खाटमा पाँच÷छ जना सुत्नुपर्ने अवस्था छ । त्यस्तै खाटमाथि खाट राखेर पनि कैदीबन्दी सुताइएको छ ।
कारागारको प्रशासन भवन भाडामा लिएको घरमा राखिएको छ भने प्रहरी बस्ने भवन पनि जीर्ण छ । छाना चुहिने भएका कारण वर्षायाममा त्रिपालले ढाक्नुपर्छ । क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा सरुवा रोग फैलिने जोखिम रहेको बताउन्छन्।

२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण भइसक्दा पनि मर्मत वा नयाँ निर्माणका लागि पहल हुन नसकेको जेलर तिवारीले बताए ।कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap