क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख हमालको घरमा कालो ब्यानर टाँस्यो


लेखक : सुन्दराञ्चल      माघ १०, २०८० मा प्रकाशित     
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख हमालको घरमा कालो ब्यानर टाँस्यो

धनगढी माघ १० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। आज बुधबार मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कैलालीले नगर प्रमुख हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो।
सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यस्तो चेतावनी दिएका थिए ।

कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए।उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरेका बताएका थिए ।

नका अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।

१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरुले शुल्क फिर्ता गराउने र नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने छ ।
माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरुका शौचालय सफा र व्यवस्थीत गर्नु पर्ने पार्टीको माग रहेकोछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap