कोरोना महामारीको तेस्रो लहरका कारण बन्द पशुपतिनाथ मन्दिर भोलिशुक्रबार  देखि खुला हुने


लेखक : सुन्दराञ्चल      माघ २७, २०७८ मा प्रकाशित     
कोरोना महामारीको तेस्रो लहरका कारण बन्द पशुपतिनाथ मन्दिर भोलिशुक्रबार  देखि खुला हुने

काठमाडौं माघ २७ कोरोना महामारीको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द पशुपतिनाथ मन्दिर भोलि शुक्रबार  देखि खुला हुने कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले बताए।

पशुपति क्षेत्र विकास कोषका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

 

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए ।

फेरि कोरोना संक्रमित बढ्न थालेपछि ५ माघदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap