कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकोआग्रह,


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८० मा प्रकाशित     
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकोआग्रह,

वैशाख ११  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ।

मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा संक्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए।

उनका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा संक्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ। सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छन्।

आइतबार ८१ संक्रमित र सक्रिय संक्रमित तीन सय ७० पुगेका छन्। नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ।

शून्यमा झरेको संक्रमण नेपाल र भारतको खुला सिमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो। अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन्।

काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap