कोरोना भाइरस कमजोर बन्दै जाँदा अब यो महामारीको अन्त्य हुन्छ..?


लेखक : सुन्दराञ्चल      माघ २८, २०७८ मा प्रकाशित     
कोरोना भाइरस कमजोर बन्दै जाँदा अब यो महामारीको अन्त्य हुन्छ..?

काठमाडौं २८ माघ । कोरोना संक्रमितको उपचारका केन्द्रित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघि जनरल, आईसीयू, भेन्टिलेटर, एचडीयुमा गरी २२ जना बिरामी थिए ।

दैनिक रूपमा ६–७ जना भर्ना हुन्थे । तर, हिजोआज बिरामी आउन छाडेका छन् । अहिले अस्पतालको जनरल वार्डमा चार आईसीयूमा एक जना उपचारत छन् ।

टेकु अस्पतालको दृश्यलाई कोरोना महामारीमा नेपालभरको ‘प्रतिबिम्ब’ मान्न सकिन्छ ।

‘एक हप्ता अगाडि आईसीयू र जनरल वार्डमा बिरामीको चाप थियो । तर, अहिले सबै बेडहरु खाली हुँदै गएका छन्,’ अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन् ।

उसो त, दैनिक रुपमा गरिएको नमूना परीक्षणमा पनि संक्रमितको संख्या घट्दै गएको छ । ८ माघमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हिजोआज १३–१४ प्रतिशतमा झरेको छ । जनस्वास्थ्यविद्हरुका अनुसार नेपालमा तेस्रो लहरको जोखिम टरेको छ ।

जीवाणुविज्ञ डा. सन्तोष दुलाल ओमिक्रोनको पुनः संक्रमण नबढ्ने अनुमान लगाउँछन् । उनी भन्छन्, ‘माघ दोस्रो हप्तासम्ममा धेरै मानिस संक्रमित भइसकेका छन् । तीमध्ये केहीलाई लक्षण देखियो भने धेरैलाई लक्षणरहित संक्रमण भयो ।’

कोरोना संक्रमणको तेस्रो लहर: अस्पतालभन्दा होम आइसोलेसनमा संक्रमित बढी |  Nagarik News - Nepal Republic Media

नेपालमा पुस २१ गतेदेखि बढ्न थालेको ओमिक्रोनको संक्रमण माघ दोस्रो सातादेखि घट्न थालेको थियो । तेस्रो लहरको उच्च विन्दुमा पुग्दा परीक्षण गरेका दुईमध्ये एक जनामा संक्रमण देखिएको थियो । तर यसपटक धेरै संक्रमितले परीक्षण नगरेको पाइएको छ । ‘ओमिक्रोन भेरियन्टबाट अधिकांश व्यक्तिहरु संक्रमित भइसकेका छन् । जति संक्रमण पर्नुपर्ने हो तेस्रो लहरको उत्कर्षसम्ममा पारिसकेको छ,’ डा. दुलाल भन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल अब संक्रमणदर ह्वातै उकालो नलाग्ने बताउँछन् । तर, निषेधाज्ञा खुलेसँगै संक्रमितको संख्या बढे पनि धेरै बढ्न नसक्ने उनको अनुमान छ । ‘निषेधाज्ञा खुलेसँगै संक्रमणदर थोरै बढेजस्तो देखिन्छ । तर, त्यो धेरै दिनसम्म रहँदैन । हामी तेस्रो लहरको अन्त्यमा आइपुगेको छौं,’ डा. पौडेलले भने ।

पहिलो र दोस्रो लहरको तुलनामा ओमिक्रोन भेरियन्टका कारण फैलिएको कोरोना महामारीको तेस्रो लहर सामान्य क्षतिमा पार भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमण फेरि फर्किन नसक्ने अनुमान लगाउँछन् । ‘ओमिक्रोनबाट धेरै संक्रमित भइसकेका छन् । अन्य भेरियन्टको तुलनामा ओमिक्रोनले धेरै मानिसलाई संक्रमण गर्‍यो । अस्पतालको दृश्य, संक्रमणदर तल झर्दै गएकाले अब तेस्रो लहरको जोखिम टरेको भन्न सकिन्छ,’ डा. पुन भन्छन् ।

अस्पतालमा शय्या खाली हुँदै, मृत्युदर भने बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि घटेको छ । केही दिनयता अस्पतालमा भर्ना हुन आउनेको संख्यामा कमी भएको विभिन्न अस्पतालका कोभिड–१९ फोकल पर्सनहरु बताउँछन् ।

टेकु लगायतका काठमाडौं उपत्यकाका प्रमुख अस्पतालमा तेस्रो लहर उत्कर्षमा भर्ना हुने बिरामीको चाप बढेको थियो । तर, ती अस्पतालमा अहिले बिरामी संख्या घटिसकेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का कोभिड कोअर्डिनेडर डा. उमेश बोगटी भर्ना हुने संख्या घटिरहेको बताउँछन् । ‘कोरोना संक्रमितको संख्या घटेको देखिन्छ । तर, पूरै घटेको होइन । अहिले केही दिनको तथ्यांकलाई हेर्दा स्थिर भएको देखिन्छ,’ उनले भने ।

दोस्रो लहरको तुलनामा यसपटक गम्भीर अवस्थाका संक्रमित निकै कम रहेको उनी बताउँछन् । ‘धेरै संक्रमितहरू लक्षणविहीन वा रूघाखोकी जस्ता सामान्य लक्षण भएको पाइयो । अक्सिजन चाहिने र भेन्टिलेटर चाहिने बिरामीको संख्या पहिलेभन्दा कम भयो,’ डा. बोगटी भन्छन्,’ दीर्घरोगी र ज्येष्ठ नागरिकलाई ओमिक्रोनले बढी असर गर्‍यो । संक्रामक भएपनि क्षति भने न्यून भयो ।’

कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढेको देखिन्छ । माघको दोस्रो साताबाट संक्रमण दर घटिरहँदा मृत्युको संख्या भने केही बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दैनिक रूपमा ८– १० जनाले ज्यान गुमाइरहेका छन् । तर, यी व्यक्तिहरु दुई हप्ताअघि अस्पताल भर्ना भएकाहरु हुन् ।

‘संक्रमण उच्च भएको समयमा अस्पतालमा भर्ना र मृत्युदर बढ्दैन । संक्रमितको संख्या दुई हप्ताअघि उच्च विन्दुमा पुगेको थियो । त्यसको एक सातापछि अस्पताल भर्ना हुने संख्या बढ्यो । अहिले मृत्युको संख्या बढी देखिएको हो । यो संख्या विस्तारै कम हुँदै जान्छ’, डा. पुन भन्छन् ।

भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?नाका व्यवस्थित नहुँदा संक्रमण फैलियो

कोरोनाको नियन्त्रण र रोकथाम गर्ने पहिलो अस्त्र क्वारेन्टिन र होल्डिङ सेन्टर नै भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । तर, तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर गएको विज्ञको ठहर छ ।

पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने कुनै संरचना बनाउन सकेन ।

जसका कारण भारतबाट आएका धेरै संक्रमित घर–घर पुगे । भाइरोलोजिष्ट डा. जनक कोइराला सरकारले नाका व्यवस्थित नगर्दा संक्रमण फैलिन मद्दत पुगेको बताउँछन् ।

‘पहिलाको लरहमा नाका व्यवस्थित नहुँदा क्षति ब्यहोर्नुपरेको देख्दादेख्दै पनि सरकारले दुई वर्षसम्म पनि क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गर्न सकेन,’ डा. कोइराला भन्छन्,‘ नाका व्यवस्थापनमा चुक्दा ओमिक्रोन डढेलोसरी फैलियो ।’

अन्य भेरियन्टको जोखिम कायमै 

कोरोना महामारी सुरू भएदेखि डेल्टा, अल्फा लगायतका भेरियन्टहरु नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहेपनि कम घातक देखियो ।

कोरोना भाइरस कमजोर बन्दै जाँदा अब यो महामारीको अन्त्य हुन्छ कि भन्ने आकलन गरिएको छ । तर, जनस्वास्थ्यविद्हरु कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने बताउँछन् ।

ओमिक्रोनलाई अन्तिम भेरियन्ट भन्न नसकिने जीवाणुविज्ञ डा. सन्तोष दुलालको भनाइ छ । ‘कोरोना भाइरस परिवर्तनशील र चलाख छ । परिवर्तनशील भएका कारण कुनै समय एकदमै संक्रामक रुप देखायो भने कुनै समय गम्भीर,’ डा. दुलाल भन्छन्, ‘अन्य भेरियन्टले अर्को लहर ल्याउने सम्भावना कायम छ । किनकि यो भाइरस चलाख खालको छ । विभिन्न स्वरुप देखाएर बाँच्न खोजिरहेको देखिन्छ ।’

कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा(भिडियाे सहित )त्यस्तै, धुलिखेल अस्पतालका जेनेटिक ल्याब प्रमुख प्रा.डा. राजीव श्रेष्ठ पनि भाइरस म्युटेसन (परिवर्तन) भइराख्ने बताउँछन् । भाइरसको स्वभाव नै परिवर्तनशील हुने भएकाले ओमिक्रोन पनि परिवर्तन भएर अर्को शक्तिशाली नआउला भन्न नसकिने उनको भनाइ छ ।

‘तेस्रो लहरमा संक्रमित भएका तथा खोप लगाइसकेका मानिसमा संक्रमण भयो । यसले के प्रष्ट पार्छ भने भाइरसले नयाँ नयाँ स्वरुप फेरेर पुन संक्रमण गर्न सक्छ । त्यस कारणले नै ओमिक्रोन अन्तिम भेरियन्ट भन्न सकिँदैन,’ श्रेष्ठ भन्छन् ।

डा. दुलाल चार–पाँच महिनापछि अर्को लहर आउन सक्ने अनुमान लगाउँछन् । उनका अनुसार त्यो लहर कत्तिको घातक हुन्छ भन्ने त्यतिबेलाको भेरियन्टको विशेषताले नै पुष्टि गर्छ । ‘कुनै ठाउँबाट नयाँ भेरियन्ट उत्पत्ति भएको खण्डमा संक्रमणले व्यापकता ल्याउन सक्छ,’ डा. दुलालले भने, ‘नयाँ उत्परिवर्तित भाइरस आयो भने त्यसले गर्दा हाम्रो शरीरमा बनिसकेको प्रतिरोध क्षमतामा ह्रास हुन्छ । जसका कारण पुन: संक्रमण व्यापकता ल्याउन सक्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पौडेल ओमिक्रोनको संक्रमणदर घटे पनि नयाँ भेरियन्टको जोखिम सधैं कायम हुने बताउँछन् । ‘कोरोनासँग सधैं मिलेर बस्नुपर्छ । ओमिक्रोन नै अन्तिम हो भनेर सोच्नु गलत हो । जनस्वास्थ्यका मापदण्ड लापरबाही हुँदा अर्को भेरियन्ट नआउँला भन्न सकिदैन,’ डा. पौडेलले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap