२५ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ ।