कैलालीमा पनि पाँच दल गठबन्धन गरेर जाने तयारी,


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०७८ मा प्रकाशित     
कैलालीमा पनि पाँच दल गठबन्धन गरेर जाने तयारी,

धनगढी,चैत २३ । कैलालीमा पनि स्थानीय निर्वाचनमा पनि पाँच दल गठबन्धन गरेर जाने तयारीमा छन् । आजबुधवार
नेपाली काँग्रेस पार्टी कार्यालय कैलालीमा बसेको ५ दलको बैठकले गठबन्धन प्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको हो ।

कैलाली नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा वार्ता समूहका सदस्य विमल जोशीले दलहरू गठबन्धन प्रति प्रतिबद्ध रहने निर्णय गरेको बताए । उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको बताए ।

आउँदो २५ गते २ बजे पुनः पाँचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिए । आजको बैठकमा माओवादी केन्द्रका नेताको निधनका कारण उपस्थित हुन नसकेको बताइएको छ । २५ गते हुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तिम चरणमा पुगाउने सहमति भएको छ ।

बैठकमा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य कैलाली इन्चार्ज, प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली काँग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भीम बडुवाल, सचिव केशव मिश्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यस अघि कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा चुनावी तालमेल गर्ने गठबन्धन बिच सहमति भइसकेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap