धनगढी– असोज ४, कैलालीमा औलो रोगका बिरामी बढ्न थालेका छन । आर्थिक वर्ष २०७८।७९ मा ९५, २०७९।०८० मा ७३, २०८०।८१ मा १४० जना रहेका छन्। हरेक बर्ष मलेरिया बढ्नुको कारण रोजगारीका लागि भारत गइ घरफर्केकाहरुमा देखिने गरेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन ।२०७८।७९ मा २ जना मात्र स्थानीय थिए भने ९३ जनामा भारतबाट घर फर्केकामा रहेको उनले बताइन् । त्यस्तै २०७९।०८० मा ३ स्थानीय र ७० आयातित औलो रोगी, २०८०।८१ मा ६ स्थानीय र १ सय ३४ आयातित रोगी रहेको उनले बताइन् । उनले पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा बिरामी बढी देखिने गरेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा आव २०७८।०७९ मोहन्याल गाउँपालिका ५, गोदावरी नगरपालिकामा २१,गौरीगंगा नगरपालिकामा १३, घोडाघोडी नगरपालिकामा ७, बर्दगेरिया गाउँपालिकामा १४,लम्कीचुहानगरपालिकामा १२ बिरामी रहेको उल्लेख छ ।आव २०७९।०८० मा गोदावरी नगरपालिकामा १६,गौरीगंगा नगरपालिकामा १४,घोडाघोडी नगरपालिकामा २, बर्दगोरिया गाउँपालिकामा ३,लम्कीचुहा नगरपालिकामा ५, जानकी गाउँपालिकामा ५,जोशीपुर गाउँपालिकामा १, टिकापुर नगरपालिकामा १०, भजनी नगरपालिकामा१, कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा १५ बिरामी रहेका थिए ।
रहेका छन ।त्यस्तै २०८०।८१ मा मोहन्यालगाउँपालिकामा ३,चुरे गाउँपालिकामा १,गोदावरी नगरपालिकामा २४,गौरीगंगा नगरपालिकामा ३८,घोडाघोडीनगरपालिकामा १०,बर्दगोरिया गाउँपालिकामा ४,लम्कीचुहा नगरपालिकामा ८, जानकी गाउँपालिकमा २, जोशीपुर गाउँपालिकामा १,टिकापुर नगरपालिकामा २३,भजनी नगरपालिकामा ३,कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा २२ जना रहेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।
औलो रोग रोकथामका लागि नाकामा कडाई गरिनु पर्ने फोकल पर्सन मीनबहादुर धामीले बताए । औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उनले बताए । उनले औलोको मुख्य लक्षण उच्च ज्वरो आउनु,कम ज्वरो र पसिना आउनु र टाउको बेस्सरी दुख्नु,कमजोरी हुनु र वाकवाकी लाग्नु रहेको बताए ।