कैलालीमा एक अर्ब ७० करोड रुपैयाँ लागतमा स्टिल उद्योग स्थापना


लेखक : सुन्दराञ्चल      जेष्ठ ३, २०७९ मा प्रकाशित     
 कैलालीमा एक अर्ब ७० करोड रुपैयाँ लागतमा स्टिल उद्योग स्थापना

धनगढी, ३ जेठ । कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा मालिका स्टिल उद्योग सञ्चालनमा आएको छ ।
उद्योगका अध्यक्ष टीकाराम जैशीका अनुसार पहिलो चरणमा एक अर्ब ७० करोड रुपैयाँ लगानी हुने उद्योगमा करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी र सयौँ जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् । प्रतिदिन १५० टन उत्पादन क्षमताको उद्योगबाट ग्याबियन तार, बार्ब्ड तार, टोरकारी, किलाकाटा लगायतका वस्तुहरु उत्पादन हुने छन् । उद्योगलाई विस्तार गरेर निकट भविष्यमा अत्याधुनिक उद्योगका रुपमा विकास गर्ने लक्ष्य राखिएको जैशीले बताए ।
पछिलो समय सुदूरपश्चिम क्षेत्रमा नयाँ उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा नयाँ उद्योगको स्थापनाले यो प्रदेशमै लगानीका लागि वातावरण रहेको सन्देश प्रवाह हुने अपेक्षा स्थानीयको छ ।
विशेषत टीकापुर, लम्की र जानकी क्षेत्रमा थप नयाँ उद्योग खोल्न यसले प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap