कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार कराते खेलाडीहरुलाई सम्मान


लेखक : सुन्दराञ्चल      अशोज २, २०८० मा प्रकाशित     
कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार कराते खेलाडीहरुलाई सम्मान

आश्विन २,  असोज : कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार कराते खेलाडीहरुलाई सम्मान गरेको छ । गत बर्ष पर्वतको कुश्मामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले नगद पुरस्कार सहित सम्मान गरेका छन् । स्वर्ण पदक बिजेता आनन्द कामी र प्रतियोगितामा ३ वटा कास्य पदक जितेकी बर्षा साउदले सम्मान स्वरुप १५ हजार रुपैयाँ नगद प्राप्त गरिन् । सो प्रतियोगितामा २ वटा कास्य पदक बिजेता गरिमा मल्लले १० हजार रुपैया, १–१ कास्य पदक जितेका प्रदीप बैजाली मगर, खडक मगर, पुष्पा मडै, लक्ष्मी खडायत र अञ्जली चौधरीले जनही पाँच–पाँच हजार प्राप्त गरेका छन् ।
सो कार्यका लागि हाल अमेरिकामा रहेका अन्तर्राष्ट्रिय कराते खेलाडी जनक सिंह खड्काले रु २५ हजार रुपैयाँ र कैलाली जिल्ला कराते महासंघका पुर्व अध्यक्ष कर्ण बहादुर चन्दले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए भने बाँकी रकम धनगढी कराँते एकेडेमीको कोषले व्यहोरेको आयोजकले जानकारी दिएको छ ।
यस अघि मन्त्री साउदले खेलकुद परिसरमा बृक्षारोपण गरेका थिए । उक्त कार्यक्रममा बिगत ६ दिन देखि संचालित कराते सेमिनारका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । सितोरियो करातेका ९ औं डान वरिष्ठ प्रशिक्षक केइजी तोमियामाद्वारा ५० जना कराते खेलाडीहरुलाई भाद्र २८ गते देखि दैनीक ६ घण्टा प्रशिक्षण गराइएको थियो । उनी सन् २००६ देखि प्रति बर्ष नेपाल आएर कराते प्रशिक्षण गर्दै आएका छन् । तर कोरोनाको प्रकोपले गर्दा सन् २०२० पछि पहिलो पटक नेपाल आएका हुन् ।
कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम् क्षेत्रिय खेलकुद विकास समितिका पदाधिकारी र कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख र प्रशिक्षकहरु तथा विभिन्न खेलका खेलाडीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विरुवाको सुरक्षाका लागि ट्री गार्ड उपलब्ध गराउने सि. पी. अस्पतालका संचालक रमेस पाण्डेयलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा मन्त्री साउदले सुुदूरपश्चिमको खेलकुदमा सुधारको खाचो रहेको र आफुले चाडैं नै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम कैलाली जिल्ला खेलकुद समितिको कभर्डहलमा मंगलबार सम्पन्न भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap