कैलारीकाे लोहारपुरमा थारु साँस्कृतिक पाँचौ बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८२ मा प्रकाशित     
कैलारीकाे लोहारपुरमा थारु साँस्कृतिक पाँचौ बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने

धनगढी, १३ बैशाख । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८, लोहारपुरमा थारु साँस्कृतिक पाँचौ बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
युवा जनहित क्लबको अयोजनामा यही बैशाख १७ गतेदेखि २४ गतेसम्म खेलकुद प्रतियोगिता हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । थारु समुदायको लोप हुँदै गएको मौलिक लोकपर्व तथा संस्कृति संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष कालुराम चौधरी बताए । उनले फुटबल प्रतियोगिता सँगै थारु समुदायका परम्परागत खेलकूद पनि आयोजना गर्ने बताए ।

उपाध्यक्ष चौधरीका अनुसार फुटबल प्रतियोगिताका साथै थारु समुदायका महिलाको छुर, डेल्वा दौड, टाँरा चिरौवर, कबड्डी, कुइली दिदी तथा पुरुष डेगा दौड लगायतको प्रतियोगिता राख्ने बताए ।
आयोजक क्लबका अनुसार फुटबल प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । फुटबल प्रतियोगिता १६ वटा टिमको सहभागिता रहने जनाएको छ । प्रतियोगिताको मुख्य प्रवर्धक निसर्ग हस्पिटल रहेको छ र भने कैलारी गाउँपालिका प्रवर्धकका रुपमा रहेको छ ।
थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन रहेको छ । गाउँभन्दा केही पर रुखको छहारीमुनि रमाइलो गर्दै यो पूजा गरिन्छ । यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबच्चा सुखीखुसी रहून्, गोरु, गाई, भैँसी र राँगालाई रोगव्याधिले नसमातोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap