केजी हस्पिटलमा सामुदायिक सरह सस्तो सुविधा


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०७९ मा प्रकाशित     
केजी हस्पिटलमा सामुदायिक सरह सस्तो सुविधा

धनगढी उप(महानगरपालिका वडा नम्बर ४ चौराहमा रहेको केजी हस्पिटलले आफ्नो सेवा सुविधाका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ । सेवा सुरु गरेको छोटो समयमै विरामिको मन जित्न सफल केजी हस्पिटलले आफ्नो सेवा सुविधाका बारेमा जानकारी गराएको हो ।

हस्पिटलका प्रबन्धक तथा जेनेरल तथा ल्याप्रोष्कोपीक सर्जन डा। दिपककुमार सिंहले सामुदायिक अस्पतालको शुल्कमा आफुहरुले सेवा दिईरहेको बताए । ‘न्यूनतम शुल्कमा सेवा दिईरहेका छौँ’, उनले भने । ‘कतिपय अस्पतालमा पहिले नै पैसा जम्मा गर्नुपर्ने हुन्छ । तर, हामीले पहिले उपचार त्यसपछि पैसा भन्ने गरेका छौँ ।’ उनले पैसा भन्दा सेवा महत्वपूर्ण हुने बताए ।

अस्पतालमा आकस्मिक सेवा, आईसीयु, तथा पीआसियु सेवा, भिडियो एक्स–रे ९अत्याधुनिक प्रविधिद्वारा० विशेषज्ञ डाईक्टरद्वारा चेक जाँच, अप्रेसन सेवा, अत्याधिनिक प्रयोगशाला, डिजिटल एक्सरे सेवा, एम्बुलेन्स सेवा, सुरक्षित सुत्केरी सेवा लगाएत चौविस घण्टा आकस्मिक सेवा दिई रहेकोल छ ।

यस्तै, इसीजी, इसीएचओ ,मुटुको भिडियो एक्सरे, सेवा, इन्डोस्कपी सेवा रहेको छ । डाक्टर सिंहका अनुसार हर्निया, एपेन्डिस, दुरबिनबाट पित्तथैली, दुरबिनबाट पाठेघरको अप्रसन, अण्डासय को अप्रेसन लगायतको सेवा दिने गरेको छ । २५ बेडको अस्पतालमा ६ वटा आईसीयु बेड रहेका छन् । अस्पतालमा चिकित्सक सहित ७० जना कर्मचारी रहेका छन् ।अस्पतालले आर्थीक अवस्था कम्जोर भएका विरामिलाई केहि सहुलियत दिने समेत गरेको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap