कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन: सचिवमा लवदेव धामीको उम्मेदवारी…


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०८१ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन: सचिवमा लवदेव धामीको उम्मेदवारी…

धनगढी,चैत्र १८। कैलाली बहुमुखी क्याम्पसमा चैत २७ गते हुन गैरहेको आसन्न स्वबियु निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् /स्वतन्त्र समुहबाट सचिव पदका लागि लवदेव धामीले उम्मेदवारी दिएका छन्।

स्ववियुको निर्वाचन अन्तरगत सोमबार मनोनयन दर्ताको कार्यतालिका अनुसार धामीले सचिव पदको लागी उम्मेदवारी दर्ता गराएको जानकारी दिए। बैतडीको सुर्नया गाउँपालिका घर भएका लबदेव धामी पढाइ सँग-सँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्। नयाँ सोच,योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह ५ औँ सेमेस्टरमा पत्रकारीता बिषय लिएर अध्ययन गरिरहेका छन्।

पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल र सक्रिय भैरहने जज्ञासु स्वाभावका धामीलाई क्याम्पसमा अध्ययनरत बिभिन्न बिद्यार्थीको हकहित तथा समग्र क्याम्पसको बिकासका लागि केही गर्ने ईच्छा छ। त्यही भएर यहि चैत २७ गते हुन गैरहेको आसन्न स्वबियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पस विद्यार्थीहरुलाई अमूल्य मत दिएर सहयोग गरिदिन अपिल समेत गरेका छन्। सचिव पदका लागि उम्मेदबारी दिएका धामी क्याम्पस र बिद्यार्थीका गतिबिधी नियालीरहेका हुन्छन्।

बिगत देखि बिद्यार्थीका हरेक गतिबिधि,घटना र बिभिन्न समस्यासँग जुध्ने काम गरेपनि सुनुवाई र आवाजहरू समाधान हुन नसकेको उनको भनाई छ । उनले भने, त्यसको समाधान गर्न आफु सक्षम छु।कतिपय क्याम्पस दलिय राजनितीक अंशबण्डामा विश्व बिद्यालय चलिरहेको भन्दै बिद्यार्थीले पढ्न नपाउने,पाठ्यपुस्तक नपाउने,जस्ता यावत समस्या छन्।

ती समस्या समाधानको पहल गर्न आफु लागी पर्ने प्रतिबद्धता जनाए। आफू निर्वाचित भएमा गरेका बाचा,बनाएका योजनाहरू लागूगरी बिद्यार्थीहरूलाई कहिल्यै निराश नबनाउने बिश्वास ब्यक्त गरेका छन्।उनले भने, गरिब तथा पछाडी परेका बिद्यार्थीलाई चुनावी भोट बैंकको रूपमा मात्रै उपयोग भैरहेका छन् ।गरिब तथा बिपन्न बर्गका बिद्यार्थीहरुको दबिएका आवाजहरू बुलन्द गर्न आफु लागीपर्ने बिश्वास दिलाएका छन्।साथै उनले सचिव पदमा उम्मेदवारी दिएकोमा कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थीहरूलाई मतदान गरि सहयोग गरिदिन अपिल समेत गरेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap