के आयो त निचोड,सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा ?


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७८ मा प्रकाशित     
के आयो त निचोड,सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा   ?

काठमाडौं १७ चैत  सत्तारुढ पाँच दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक सकिएको छ । यो बैठकमा पाँच दलका शीर्ष नेताले आगामि स्थानीय निर्वाचनमा गर्ने भनेको तालमेलका विषयमा छलफल गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणका लागि निस्किँदै छन् । उनी प्रधानमन्त्री बनेपछि यो उनको पहिलो भारत भ्रमण हो । उनको भारत भ्रमणका अजेन्डाहरुमाथि पनि आजको गठबन्धनको बैठकमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डाहरु सार्वजनिक भएका छैनन् ।

आजको बैठकमा सत्तारुढ दलहरुले पछिल्लो राजनीतिक समसामयिक विषयमा पनि छलफल गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap