कुनै व्यक्ति जित्न नभइ राष्ट्र हितका लागि गठबन्धन गरिएको बताए ? नेता अर्जुननरसिंह केसी


लेखक : सुन्दराञ्चल      कार्तिक १६, २०७९ मा प्रकाशित     
कुनै व्यक्ति जित्न नभइ राष्ट्र हितका लागि गठबन्धन गरिएको बताए ?  नेता अर्जुननरसिंह केसी

कात्तिक १६,  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक बाम गठबन्धन संविधानको रक्षा र विकासको गति बढाउनको लागि गरिएको बताएका छन् । बिदुर नगरपालिकास्थित नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा नेता केसीले विरोधिको विचार सुरक्षित गर्न सत्ता गठबन्धन आवश्यक रहेको बताए ।

नुवाकोट २ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेका केसीले कुनै व्यक्ति जित्न नभइ राष्ट्र हितका लागि गठबन्धन गरिएको बताए । ुप्रचण्ड गोरखामा जित्न, शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा म नुवाकोटमा जित्न गठबन्धन गएको होइन । संविधानको रक्षा गर्न र विकासको गति अगाडि बढाउन यो गठबन्धन गरिएको हो,ु उनले भने ।

त्यसैले मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न जिताउनुपर्ने नेता केसीले बताए ।ुचिर्वाचनमा लड्ने उमेदवारहरूले म सक्षम छु र मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक हो । तर जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्ने छन्, उनी भन्छन् ।

कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने केसीको भनाइ छ । ​जनतासामु आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नुपर्ने केसीले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap