किसानलाई चैते धान भित्र्याउन चटारो


लेखक : सुन्दराञ्चल      असार १, २०८० मा प्रकाशित     
किसानलाई चैते धान भित्र्याउन चटारो

असार  १, कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ । चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान भित्र्याउन चटारो भएको हो ।

जिल्लाको पूर्वी क्षेत्रस्थित भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकामा चैते धान खेती गर्ने गरिएको छ । बाढी डुबान हुने भजनी नगरपालिकामा सबैभन्दा बढी यो धानको खेती हुनेगर्छ ।

अझै पश्चिम नेपालमा पानी नपरेकाले सुख्खा अवधिमा धमाधम धान भित्र्याउने कार्य गरिरहेको किसानले जनाएका छन् । बीउ राखेको दिनदेखि १०६ दिनमा चैते धान काटेर भित्र्याउने कार्य गरिरहेको भजनी नगरपालिकाका कृषक हनुमान चौधरीले बताए ।

उनका अनुसार कतिपय किसानले पहिलो पटक भित्र्याएर पनि सकिसकेका छन् । यहाँका किसानले चैते धानबाली दुई पटक काट्ने गर्छन् ।

पहिलो पटक काटेर बाली भित्र्याउने कार्य धमाधम भइरहेको छ । वडा –७ तिरका किसानले काटेर भित्र्याइसकेका छन् । ‘अरुतिर पनि काट्ने कार्य भइरहेको छ’ भजनी नगरपालिकाको कृषि सेवा शाखाका प्राविधिक सहायक कमलप्रसाद चौधरीले भने, ‘कतै कतै भित्र्याउने काम सकिएको छ ।’

उनका अनुसार भजनी नगर क्षेत्रभरि बर्सेनि ५०० देखि ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुनेगरेको छ । बाढी डुबान हुनेगरेका कारणले होचो जमिन क्षेत्रका किसानले चैते धान खेती गर्दैआएका छन् ।

सिजनलभन्दा चैते धानको उत्पादन पनि राम्रो हुनेगरेको प्राविधिक सहायक चौधरीले जानकारी दिए । ‘गत वर्ष एक कट्ठामा २० क्विन्टलसम्म चैते धान उत्पादन भएको थियो’ उनले भने, ‘चैते धानमा फ्रेस दाना मात्रै हुने गर्दछ ।’

जेठ अन्तिमदेखि असार पहिलो सातासम्म पहिलो पटक चैते धान काटेका किसानले त्यसपछि साउन महिनामा दोस्रो पटक धान काटेर बाली भित्र्याउने गरेका छन् ।

सिजनल धान एकै पटक काट्न पाइन्छ तर, चैते धान दुई पटक काटेर बाली भित्र्याउन पाइने गरेकाले डुबान क्षेत्रका किसानको आकर्षण चैते धान खेतीमा रहेको जनाइएको छ । यद्यपि, चाँडै बर्खा लागेमा वा बढी वर्षा भएमा कुनै बेला चैते धान भित्र्याउन समस्या हुने गरेको कृषक चौधरीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap