कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री,नेपाललाई जानकारी छैन


लेखक : सुन्दराञ्चल      अशोज २५, २०८० मा प्रकाशित     
कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री,नेपाललाई जानकारी छैन

धनगढी  आश्विन २५ ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्। मोदी बिहीबार कालापानी क्षेत्रमा पुगेका छन् । मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन् । मोदी बिहीबार बिहान कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुगेका छन् । त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ ।

बिहान ९ः३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन् । गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन् । मोदीसँग छलफलका लागि ति गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छकालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ः०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन् ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन् । मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ । भारतले उतिक्रमित गरेको उक्त भूमि फिर्ताका लागि नेताहरुले कूटनीतिक पहल थाल्ने बताउँदै आएका छन् । तर त्यसबारे भारतसँग ठोस वार्ता भने भएको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap