काठमाण्डौँ थापाथलीस्थित प्रसूति गृहबाट २२ दिनको बच्चा चोरी


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०८० मा प्रकाशित     
काठमाण्डौँ थापाथलीस्थित प्रसूति गृहबाट २२ दिनको बच्चा चोरी

काठमाडौँ : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा बच्चा चोरी भएको छ । शुक्रवार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको हो ।

उनी काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएकी थिइन् । उनको २२ दिनको छोरी चोरिएको हो ।
प्रहरीका अनुसार आमाले बच्चालाई बोकी रहेको अवस्थामा एक अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै आमाबाट बच्चा लिएकी थिइन् । उक्त अपरिचित महिलाले आमाको आँखा छली बच्चा लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ती अपरिचित महिलाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap