कांग्रेसको प्रदेश सम्मेलनमा शीर्ष नेताहरूबाट सभापति देउवाकै गुणगान


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०८१ मा प्रकाशित     
कांग्रेसको प्रदेश सम्मेलनमा शीर्ष नेताहरूबाट सभापति देउवाकै गुणगान

धनगढी फागुन २६,  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनमा बोल्ने कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवाको गुणगान गाएर प्रशंसा मात्र गरेका छन् ।

धनगढीमा सोमबार आयोजना गरिएको उक्त कार्यक्रममा बोल्ने नेपाली कांग्रेसका शिर्ष नेताहरु लगायत २३ जनाले सभापति देउवाको गुणगान गाएर भाषण गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा असम्भवलाई सम्भवमा बदल्ने एक मात्र नेतृत्व भएको प्रशंसा गरे ।
कांग्रेसका महामन्त्री गगन थापाले देउवाको प्रशंसा गर्दै भने–गणतन्त्र नेपाललाई सहि मार्गमा डोर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले राष्ट्रिय राजनीतिमा गम्भिरताका साथ नेतृत्वदायी भूमिका खेलेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सभापति देउवाको वरिपरि नै मुलुकको राजनीति घुमिरहेको बताए । अर्का सहमहामन्त्री भिष्मराज आङबम्बेले सभापति देउवा नेपालको राजनीतिमा रोलमोडल भएको जिकिर गरे ।

यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले शेरबहादुर देउवा विपीका सबैभन्दा विश्वासिला पात्र भएको बताइन् । उनले सुदूरपश्चिम पहिलो पटक आउँदा डडेल्धुरासम्म पीच सडकको यात्रा गरेको समेत भन्न भ्याइन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सम्बोधनका क्रममा नै देउवा सिंगो नेपाली कांग्रेसका अभिभावक भएको बताए । उनले एमाले र माओवादी पार्टीको पनि देउवाले अभिभावकको भूमिका निर्वाह गर्दै आएको दाबी गरे ।

सभापति देउवाले सुदूरपश्चिमको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको गुणगान गरेका छन् । सम्मेलनमा बोल्ने कांग्रेस नेता सशांक कोइराला लगायत २३ जनाले सभापति देउवाको गुणगान गाएर भाषण गरेक थिए ।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap