धनगढी,१२ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच तालमेल भए पनि वडामा भने नहुने भएको छ। वडामा गठबन्धनमा आवद्ध दलहरुले मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन्।
यस्तै नेपाली काँग्रेसले १९ वटै वडामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ। काँग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडालका अनुसार वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धी खड्का, ५ मा गजेन्द्र शाही, ६ मा डण्डी सुवेदी, ७ मा सीताराम राना, ८ मा देवराज जोशी, ९ मा प्रेम भण्डारी र १० मा राजेन्द्र रानाले अध्यक्षको टिकट पाएका छन्।
वडा नम्बर ११ मा श्याम बिष्ट, १२ मा डवल थापा, १३ मा विजयराज जोशी, १४ मा मानबहादुर बिष्ट, १५ मा सुकदेव राना, १६ मा खेम चन्द, १७ मा माधव राना, १८ मा कुम्भ गिरी र १९ मा बाजु चौधरीले टिकट पाएका छन्। उनीहरुले केही समयपछि मनोनयन दर्ता गर्ने तयारी छ।