कहिले काही खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?


लेखक : सुन्दराञ्चल      असार २२, २०८० मा प्रकाशित     
कहिले काही खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

असार २२ ,मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ?

तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने उल्लेख छ । यसका लागि सबैभन्दा पहिले खानेकुराको प्रकारबारे चर्चा गर्नु आवश्यक छ । आयुर्वेदमा खानेकुरालाई तीन प्रकारका विभाजन गरिएको छ । सात्विक, राजसिक र तामसिक । यी खानेकुरामा कुन खानेकुरा सेवन गर्नुहुन्छ ? त्यही अनुसार मानिसको मुड हुन्छ ।

सात्विक खानपान

सात्विक खानपान गर्ने मानिस तुलनात्मक रुपमा शान्त स्वभावका हुन्छन् । उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुन्छन् । किनकि यसमा पचाउन सजिलो खानेकुरा हुन्छन् । सात्विक भोजनमा रोटी, चामल, फलफूल, हरियो सागपात, दूध, ड्राईफ्रुट्स, मह, प्याज लसुन बिनाको दाल, तरकारी, मरमसला कम प्रयोग गरिएको हुन्छ ।

आयुर्वेदका अनुसार यसमा वाट, पित्त, कप सन्तुलित हुन्छन् । यही तीनवटाको सन्तुलन नै निरोगिताको अवस्था हो । यस्तो खानेकुरा खाँदा रिस उठ्ने, मुड फेरिरहने, झर्को लाग्ने जस्ता समस्या त्यति आउँदैन ।

राजसिक भोजन

राजसिक खानपानमा अमिलो, पिरो, तितो, चिल्लो पेय पदार्थ, माछामासु, लसुन, प्याज, मरमसाला सबै समावेश हुन्छन् । यस्ता खानपिनले मानिसको मस्तिष्कलाई उत्तेजित पारिदिन्छ । जसले गर्दा शरीरमा पित्तको वृद्धि हुन्छ । शरीरमा जलन हुने, पेट पोल्ने, तनाव बढाउने समस्या यस्तो खानेकुराले गर्छ ।

यस्ता खानेकुरा दैनिक खाँदा स-साना कुरामा रिस उठ्ने, चाँडै रिसाउने, मुड परिवर्तन भइराख्ने समस्या हुन्छ ।

तामसिक भोजन

तामसिक खानपानमा सजिलै नपच्ने खानेकुराहरु पर्छन् । जस्तै प्याज, पनिर, पोलेको, तारेको खानेकुरा, फ्रिजको खानेकुराले शरीरमा कफ बढाउँछ । जसलाई मेडिकल भाषामा शरीरमा उत्पन्न हुने म्युकस मेम्बे्रन भनिन्छ । शरीरमा यसको वृद्धिले शरीरमा सुस्त, अल्छीपन, बैरागीपन उत्पन्न हुने हुन्छ । निरन्तर यस्ता खानपान गरेमा भविष्यमा डिप्रेसनको समेत जोखिम हुन सक्छ । डा. पुनेश्वर केशरी, आयुर्वेदिक चिकित्सक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap