कस्तो रहला त आजको मौसम,


लेखक : सुन्दराञ्चल      असार ५, २०७९ मा प्रकाशित     
कस्तो रहला त आजको मौसम,

काठमाडौँ — असार ५,साताको सुरुआतमा प्रदेश १, मधेस प्रदेश, वाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।

तराई भू–भागमा साताको सुरुआतमा प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भाग साताको सुरुआतमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap