कस्तो रहला त आजको मौसम..?


लेखक : सुन्दराञ्चल      माघ २०, २०७८ मा प्रकाशित     
कस्तो रहला त आजको मौसम..?

माघ  २०  आज पनि धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

अन्य प्रदेशका पहाडी भू(भागहरूका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार राति देशका धेरै स्थानमा मेघगर्जनरचटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।हाल देशमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap