कस्तो रहला आजको मौसम ?


लेखक : सुन्दराञ्चल      माघ २, २०८१ मा प्रकाशित     
कस्तो रहला आजको मौसम ?

माघ २,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यति बेला देशको हिमाली र पहाडीभूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति भने यी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशमा भने आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap