कस्तो रहला आजको मौसम,


लेखक : सुन्दराञ्चल      असार १०, २०७९ मा प्रकाशित     
कस्तो रहला आजको मौसम,

१० असार, बिहान प्रदेश–१, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो नै प्रदेश–१ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश–१ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap