कसरी हुन्छ निर्यातमा सुधार? जहा किसानलाई संरक्षण छैन,


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०७८ मा प्रकाशित     
कसरी हुन्छ निर्यातमा सुधार?  जहा किसानलाई संरक्षण छैन,

चैत २९  अहिले अर्थतन्त्रमा संकट देखिएको छ । बढ्दो आयातका कारण हामीले लामो समयदेखि समस्या भोगिरहेका छौं । हामीले आयात धेरै गर्ने तर निर्यात गर्न नसक्ने कारणले गर्दा व्यापारघाटा चुलिंदो छ । हामीले निर्यात नै नगरेको भने होइन । हामीले धागो निर्यात गरिरहेका छौं । कार्पेटको निर्यात पनि भइरहेको छ भने गार्मेन्टस निर्यात पनि राम्रै छ । तर हामी धेरै जसो कच्चा पदार्थ बाहिर देशबाटै ल्याउछौं र त्यसबाट उत्पादित वस्तुहरुको निर्यात गर्ने गरेका छौं । आयात गर्ने र निर्यात गर्ने, उही बराबरी भयो । हामीले त हाम्रो उत्पादनमा जोड दिने हो । नेपालमा उत्पादन भएका वस्तुहरु निर्यात गर्ने हो भने त्यसले अर्थ राख्छ । हाम्रोमा उत्पादनका लागि कृषिको धेरै राम्रो सम्भावना छ । कृषि उत्पादन हाम्रो मोलिक उत्पादन हो ।

अहिले धेरै नेपालीहरु क्यानडा, अमेरिका जस्ता सुविधा सम्पन्न देशहरुमा आवासीय हुनुहुन्छ । उहाँहरुले आफू बसेको देशमा नेपाली उत्पादनहरु खान पाउनुभयो भने कति खुसी हुनुहुन्छ । खोजीखोजी खानुहुन्छ । तर हाम्रोमा त मूख्य समस्या भनेको निर्यात कै छ । कतिपय यस्ता प्रावधानहरु छन्, जसले गर्दा हामीले चाहेर पनि वस्तुहरु विदेश निर्यात गर्न सक्दैनौं । अहिले मूख्य समस्या भनेको डिपार्टमेन्ट अफ फुड एण्ड क्वालिटी कन्ट्रोल (डीओफक्यूसी) को पनि छ ।

कृषिजन्य उत्पादनहरु निर्यात गर्नका लागि यो कार्यालयले अनुमति न दिंदैन । नेपालमै पनि कृषि उत्पादनहरुले सहज बजार पाएका छैनन् । व्यापार सहज नहुँदा किसानहरु समस्यामा छन् । अकोतर्फ निर्यातमा पनि समस्या नै समस्या छ । बाहिर देशहरुबाट चामल, घिउ, तेल जस्ता खाद्यान्न वस्तुहरु निर्यात गर्नुस् किन्छु भनिरहेका छन् तर निर्यात गर्न पाइएको छैन ।

माटो ब्राण्डले निर्यात गर्न प्रयास पनि गरिरहेको छ । क्यानडाबाट आयातकर्ता आउनु भएको थियो । उहाँहरुले चामल, तेल, दाल जस्ता वस्तुहरु खरिद गर्न इच्छुक हुनुहुन्थ्यो । आयात गर्छौं, पठाउनुस् भन्नु भयो । हामीले निर्यात गर्नका लागि एक कन्टेनर चामल लोड गरेर वीरगञ्ज भन्सारसम्म पुर्‍याएका थियौं । तर निर्यात गर्न सकेनौं त्यत्रो सामान फिर्ता गर्नुपर्‍यो । यसको कारण भने तराईमा फलेको चामल निर्यात गर्न नपाउने व्यवस्था भूकम्पको बेला गरिएको रहेछ ।

पहाडमा फलेको मार्सी चामलमात्रै पाइने तर तराईमा फलेको चामल भूकम्पका बेला निर्यात गर्न नपाइने व्यवस्था गरिएको रहेछ । त्यतिबेला तत्कालका लागि भनेर गरिएको व्यवस्थाका कारण अहिलेसम्म निर्यात गर्न पाइएको छैन ।

हामीले सस्तोमा भारतको चामल किनेर खाइरहेका छौं, नेपाली उत्पादन क्यानडामा महँगोमा बिक्री हुन्छ भने निर्यात किन गर्ने ? यो कस्तो नीति हो ? हामीले हाम्रो अर्थतन्त्र र हाम्रा किसानका विषयमा पनि सोच्नुपर्छ नि । हाम्रो देशमा आयात गर्न धेरै सजिलो छ । तर निर्यात गर्नका लागि निकै गाह्रो छ ।

अहिले हाम्रो अर्थतन्त्रमा जुन कारण समस्या परेको छ त्यो समस्याका समाधान खोज्न हामीले कन्जुस्याइँ गरिरहेका छौं । वनको उत्पादनको अवस्था पनि उस्तै छ । वनजन्य जडिबुटीहरु निर्यात गर्न ल्यायो भने ठाउँ ठाउँमा राखिएका ढाट, चेक प्वाइन्टहरुमा अनेक प्रक्रियाका नाममा झन्झटिलो बनाइन्छ । हामीले त आयातलाई निरुत्साहित पार्न अलि बढी जोड गर्नुपर्नेछ । यो कुरामा ध्यान दिइएको छैन । आयात गर्दा कडाइ गर्नुपर्ने हो । आयात गर्दा चेकजाँच गरेर स्वास्थ्का लागि ठिक छ/छैन राम्रोसँग परीक्षण गरेर मात्रै आयात गर्नुपर्न । तर यहाँ उत्पादन भएका वस्तु हामी निर्यात गर्न जोड गर्दैनौं ।

नीतिगत सुधारको आवश्यकता

आयात निकै डरलाग्दो तरिकाले बढिरहेको छ । यसले व्यापारघाटा उच्च बनाएको छ । अब व्यापारघाटा कम गर्नका लागि आयात निरुत्साहन गर्ने र निर्यात प्रोत्साहन गर्नुको विकल्प छैन । हामीले लोड गरेर क्यानडा पठाउन लागिएको चामल कानूनी प्रक्रियाका कारण रोकियो । फर्काउनु परो । त्यो चामलमा नेपाली ब्राण्ड लेखिएको थियो । नेपाली अक्षरमा समेत लेखिएको थियो । क्यानडा पुग्ने सामानमा नेपाली ब्राण्डिङ हुनु त धेरै राम्रो हो ।

नेपाली उत्पादनहरु विदेश जाँदा त सबैलाई राम्रो हुन्छ । देशलाई फाइदा हुन्छ । हाम्रो देशबाट गार्मेन्ट्स अमेरिका निर्यात हुन्छ । बंगलादेशबाट पनि हुन्छ । नेपाललाई अमेरिकाले निर्यातका लागि सहुलियत दिंदा बंगलादेशका प्रधानमन्त्री आफैंले हामीलाई पनि सहुलियत चाहियो नत्र एक देशलाई मात्रै दिंदा हाम्रो व्यापार चौपट हुन्छ भनेर कुरा राख्नु भएको इतिहास छ । तर हाम्रोमा त त्यस्तो हुँदैन । न राजनीतिक दलले यस्तो कुरा गर्नसक्नु हुन्छ, न त कर्मचारीले । कसैले पनि नेपाली किसानको हितमा बोल्न सक्नुहुन्न । क्यानाडा बस्ने नेपाली एउटा सपिङ सेन्टरमा जाँदा नेपाली उत्पादन देख्यो भने कति खुसी हुन्छ । उसले अरु देशको ब्रो भन्दा नेपाली ब्राण्ड नै रोजीरोजी किन्नुहुन्छ ।

विदेशमा बस्ने गैरआवासीय नेपालीका लागि नेपाली उत्पादन पाउनु धेरै खुसीको कुरा हो । सिलौटा पनि नेपालबाट क्यानडा लगिएको छ । हामीले नेपाली उत्पादनहरु अल्लोको ब्याग उपहार दियो भने विदेशी कति खुसी हुन्छ । हाते कागजको डायरी निर्यात गर्न सक्यौं भने कति राम्रो हुन्छ । सरकारले डीओएफसी जस्ता व्यवस्थाहरुमा नीतिगत सुधार गरेर निर्यातलाई प्रोत्साहन गर्नुपर्छ । कृषिमा बेलाबेलामा नसोचेको समस्या आउलान् । त्यस्ता समस्या समाधानका लागि पनि विशेष ध्यान दिनुपर्छ ।

वाणिज्य मन्त्रालयले उच्च स्तरको टास्कफोर्स बनाएर कृषिमा आउने बाधाहरु तत्कालै सुधार गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको इन्सेन्टिभको पनि हो । हामीले १० प्रतिशत निर्यात इन्सेन्टिभ दिने हो भने पनि धेरै राम्रो हुन्छ । हामीले किनेर खाए पनि हाम्रो सामान भने महँगोमा सामान निर्यात गर्न सक्यौ भने त्यसले देशलाई देशलाई फाइदा हुन्छ । निर्यात गर्नका लागि कानुनी अडचनहरु छन् । हाम्रो देशमा जडिबुटी नै जडिबुटी छन् । तर निर्यातलाई प्रोत्साहन छैन । उल्टै कर लगाइन्छ । यसमा पनि निर्यात इन्सेन्टिभ दियो भने धेरै राम्रो हुन्छ ।

यसरी गर्न सकिन्छ आयात प्रतिस्थापन

माथि निर्यातको विषयमा केही प्रष्ट पार्न खोजिएको छ । हाम्रोमा समस्या भनेको त आयातको हो । हामी धेरै वस्तु तथा सेवाहरु आयात गर्छौ । अचाक्ली आयातका कारण भुक्तानी सन्तुलन बर्वाद भएको छ । अहिले आयात निरुत्साहन गर्न सरकारले केही नीति लिएको छ । बैंकहरुले एलसी नखोल्ने भनेका छन् । केही वस्तुहरुको आयतमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । यो राम्रो कुरा हो । तर यो दीर्घकालिन समाधान भने पक्कै होइन । दीर्घकालिन समाधानहरु अरु नै छन् ।

अहिले कृषिमा कृषि सुधार शुल्क भनेर ५ प्रतिशतमात्रै प्रोटेक्सन छ । कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत सुधार शुल्क तिरे पुग्छ । अझ मैदा मिलले गहुँ मगायो भने कच्चा पदार्थ भनेर त्यो ५ प्रतिशत पनि लाग्दैन । अनि कसरी हुन्छ ? कृषिमा सरकारले नगद अनुदान दिने होइन । हामीले त आयातलाई महँगो बनाउने र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनु पर्ने हो ।

अहिले कृषिमा कृषि सुधार शुल्क भनेर ५ प्रतिशतमात्रै प्रोटेक्सन छ । कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत सुधार शुल्क तिरे पुग्छ । अझ मैदा मिलले गहुँ मगायो भने कच्चा पदार्थ भनेर त्यो ५ प्रतिशत पनि लाग्दैन । अनि कसरी हुन्छ ? कृषिमा सरकारले नगद अनुदान दिने होइन । हामीले त आयातलाई महँगो बनाउने र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनु पर्ने हो ।

उदाहरणका लागि हामीले चिनी उद्योग हेरौं । चिनी उद्योगले ४० प्रतिशत प्रोटेक्सन पाएका छन् । सिमेन्ट आज कसरी फस्टायो भन्दा ३५ प्रतिशत प्रोटेक्सन पायो । डन्डीले पनि ३५ प्रतिशत प्रोटेक्सन पाएर राम्रो भयो । मैले यी क्षेत्रलाई प्रोटेक्सन दिन हुँदैन भन्न खोजेको होइन । यसले गलत अर्थ भने नलागोस् । मैले भन्न खोजेको यस्तो प्रोटेक्सन आलुमा पनि होस्, कृषि उत्पादनमा होस् । अहिले नेपालमा कृषि उत्पादन महँगो भएको विचौलियाका कारण हो । किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबीच ठूला खाँडल छ ।

हामीले भारतबाट आउने कृषि उत्पादन महँगो बनाऔं । यसले नेपालमा कृषि उत्पादन बढ्छ र सरकारलाई भन्सार राजश्व पनि राम्रै हुन्छ । यहाँ उद्योगीहरुलाई संरक्षण गरिएको छ । तर किसानलाई संरक्षण गरिएको छैन । हामीले किसानको पक्षमा बोलेकै छैनौ । भोलिका दिनमा किसान आन्दोलन आन्दोलन गर्नुपर्ने दिन आउछ । म आफै किसानसँग आन्दोलन गर्नुपर्ने अवस्था नआओस् ।

समाधानका उपाय

अहिले जुन समस्या देखिएको छ, त्यसको समाधानका उपायहरु पनि छन् । समाधानका उपाय गर्न सकिने र सरल पनि छन् । जस्तो अहिले कृषि उत्पादनलाई ५ प्रतिशत प्रोटेक्सन छ । त्यसलाई बढाएर कम्तीमा २० प्रतिशत बनाइयोस् । पहिले ९ प्रतिशतको प्रोटेक्सन थियो । त्यो पनि घटाएर ५ प्रतिशतमा झारियो । कृषिजन्य उत्पादन जुन हामीले नेपालमै उत्पादन गर्न सक्छौं भने त त्यस्ता वस्तुहरुको आयात महँगो बनाउनुपर्छ । आयातलाई निरुत्साहन गर्नुपर्छ । २० प्रतिशतको प्रोटेक्सन दिने हो भने नेपाली उत्पादन बढ्छ । नेपाली किसानहरु खुसी हुन्छन् । ९ प्रतिशतको प्रोटेक्सनबाट ५ प्रतिशतमा किन झारियो ? यो सबैलाई जानकारी भएकै विषय हो भारतको दबाब थियो । भारतले आफ्ना किसानहरुका लागि निर्यात प्रोत्साहन गर्न हामीले दिने शुल्क नै कम गराउन सक्छ भने हाम्रो सरकारले पनि आफ्ना किसानको सरंक्षणका लागि केही न केही नीति त लिनैपर्छ ।

हाम्रो देशमा सुन्तला उत्पादन राम्रो छ । हाम्रो सुन्तला बंगलादेश पठाउँदा ५२ प्रतिशत भन्सार महसुल तोकिएको । आलु आयात गर्दा हामी ५ प्रतिशत मात्रै महशुल लिन्छौं । हाम्रो अलैंची बंगलादेशले आयात गर्दा ९५ प्रतिशत भन्सार महसुल लिन्छ । हामीले अदुवा निर्यात गर्छौं, तर भारतले कहिलेकाही आयात रोकिदिन्छ । अर्थात उसको अनुकुलमा खुला गर्छ, अनि अनुकुलमै बन्द गर्छ । हामीले पनि हाम्रा किसानको फाइदा हेर्नुपर्छ । कृषि उत्पादन बढाउन र निर्यात बढाउनका लागि क्वारेन्टिनको सहज व्यवस्था हुनुपर्छ । ट्यारिफ र ननट्यारीफ दुवै चाहिन्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap