कर्णालीमा बेपत्ता शाहीको खोजी जारी


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०८० मा प्रकाशित     
कर्णालीमा बेपत्ता शाहीको खोजी जारी

कैलाली-   बुधबार, चैत ,कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ । उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए ।

लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीका अनुसार सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय युवाको समूहले तीन वटा ¥याफ्टिङ, डुङ्गा प्रयोग गरेर बेपत्ता शाहीको मङ्गलबार बिहानदेखि नै खोजी जारी राखेको छ । चिसापानी बजारमा तरकारी पसल गरेर परिवारसँग बस्दै आएका शाही साथीभाइको लहलहैमा सोमबार कर्णाली पुलबाट हामफाल्न पुगेका थिए ।

प्रहरी निरीक्षक डाँगीले हामफाली पौडिएर निस्केका युवालाई खोजी सोधपुछ गर्ने कार्य भइरहेको बताए । हामफाल्ने युवा २० देखि ३० वर्षसम्मका रहेको र सबै कर्णाली नदीमा पौडिने गरेको जनाइएको छ । उनले कर्णाली पुललाई सुरक्षाको दृष्टिकोणले निगरानी राख्न आफूले समेत पहल गर्ने बताए ।कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले होलीको दिनमा जिल्लाको शान्तिसुरक्षा बुझ्न दिनभर आफू फिल्डमै रहेको र चिसापानीबाट निस्केको एक घण्टामा घटना भएको बताए । लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले होलीको दिन स्थानीय युवाको समूहले पौडी खेल्ने नाममा ज्यानै जोखिममा पारेर हामफालेको घटनालाई गम्भीर रूपमा लिएको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap