कम्बोडियामा आफू बसेको होटलमा आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि


लेखक : सुन्दराञ्चल      माघ ८, २०७९ मा प्रकाशित     
कम्बोडियामा आफू बसेको होटलमा आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि

माघ ८  कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।

कम्बोडियामा १४ पुसमा भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो । शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।

मृतक पाण्डे विर्तामोड नगरपालिका–१ वडाध्यक्ष अग्नि पाण्डेका छोरा समेत हुन् । मृत्युअघि घरपरिवारसँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बीबीसीका अनुसार घटना भएको दिन राति ११ बजेदेखि पाण्डे बसेको होटल क्यासिनोमा आगलागी भएको थियो । पाण्डेले मृत्यु हुनु अघि परिवारलाई बताए अनुसार आगो लागेपछि उनलाई करिडोरमार्फत माथि जान सुझाइएको थियो । तर, करिडोरमा समेत आगो लागि सकेकाले झ्यालबाट हाम फाल्नुको विकल्प थिएन ।

ज्यान जोगाउन भोलिपल्ट बिहान ४ बजे हामफाल्दा उनको मृत्यु भएको थियो । पाण्डे व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap