ओलीले उद्‌घाटन गरे बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन


लेखक : सुन्दराञ्चल      फाल्गुन ६, २०८० मा प्रकाशित     
ओलीले उद्‌घाटन गरे बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन

 फाल्गुन ६,  ​नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन गरेका छन् । भवनको उद्घाटनपछि आइतवार कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गाउँपालिकालाई नमूना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए ।

जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिमा समेत ध्यान दिन उनले आग्रह गरेका छन् । नयाँ भवनबाट सेवा शुरू गर्दा प्रशासनिक झन्झट पनि हट्ने उनको विश्वास छ । प्रशासकीय भवन निर्माणका लागि गाउँपालिका र श्यामसुन्दर निर्माण सेवा काठमाडौंबीच २०७६ साउन ५ मा सम्झौता भएको थियो ।

६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा लागत रहेको भवनको २० असार २०८० गते निर्माण सम्पन्न भएको थियो । उद्घाटनसँगै अब गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap