ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

काठमाडौं,सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ।

शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्।

नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्माले बताए।

केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो। ती अध्यादेश आजै बसेको प्रतिनिधिसभा बैठकमा एमालेको विरोधका बीच पारित गरेपछि सरकारलाई बजेट प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap