एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालको निडर प्रदर्शन


लेखक : सुन्दराञ्चल      भदौ १९, २०८० मा प्रकाशित     
एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालको निडर प्रदर्शन

१९ भदौ, एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।

श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ प्रशिक्षक जगत टमाटा भन्छन्, ‘वल्र्डक्लास टिमसँग राम्रो क्रिकेट खेलोस् भन्ने थियो, उनीहरुले त्यही गरे । नेपालले सोचेभन्दा धेरै राम्रो खेल्यो ।’

टस जितेका भारतका कप्तान रोहित शर्माले नेपाललाई ब्याटिङको निम्तो दिए । अनि फस्ट बलरद्वय मोहम्मद सामी र मोहम्मद सिराजलाई एक अर्को इण्डबाट बलिङ गराए । त्यसका बाबजुद नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले सम्हालिएर ब्याटिङ गरे, पाएको मौकालाई सदुपयोग गर्दै बाउन्ड्री पनि मारे ।

भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । चार–चार ओभर बलिङ गर्दा पनि सामी र सिराजले विकेट लिन नसकेपछि भारतीय कप्तानले नवौं ओभरमा हार्दिक पाण्डेयलाई बल थमाएका थिए । उनलाई पनि दुबैले एकएक बाउन्डी हाने ।

दशौं ओभरमा आएका शार्दुल ठाकुरलाई चौथो बलमा कुशलले छक्का हानेका थिए । तर अर्को बलमा विकेट लिए । २५ बलको सामना गरेका कुशलले तीन छक्का र दुई छक्काको मदतमा ३८ रन बनाए ।

नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद शामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।

लगत्तै दोस्रो ओभरको पहिलो बलमै मोहम्मद सिराजले नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर सिर्जना गरेका थिए । फेरि क्याच ड्रप भयो । विराट कोहलीले सजिलो बल समात्न सकेनन् ।

पाँचौं ओभरको दोस्रो बलमा शामीले भुर्तेललाई आउटको अर्को अवसर सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्रीमा पुग्यो ।

अर्को रोचक त आठौं ओभरको पहिलो बलमा अम्पायरले भुर्तेललाई एलबीडब्लू आउट दिएका थिए । तर नेपालले रिभ्यू लियो र थर्ड अम्पायरले विकेटको निर्णय सच्याए । भारतको एकपछि अर्को कमजोर फिल्डिङ, अनि रिभ्यूको सही निर्णयको बलमा नेपालले पहिलो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरेको थियो ।

त्यसपछि नेपालको रनको गति धिमा भयो । आशिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गुइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो । त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आशिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आशिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनाए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

 

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्को महत्वपूर्ण साझेदारी गरे । । दुबैले सातौं विकेटका लागि ५० रनको महत्वपूर्ण साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला शर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चोका र दुई छक्को मदतमा ४८ रन बनाए ।

त्यो बेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । तर सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

यद्यपि भारतविरुद्ध नेपालले बनाएको यो स्कोर निकै राम्रो भएको बताउँछन् पूर्व कप्तान ज्ञानेन्द्र मल्ल । आज टप अर्डरले दिलाएको सुरुवातको जगमा नेपालले निकै राम्रो स्कोर बनाएको भन्दै उनी अघि भन्छन्, ‘यदि मिडल अर्डर कोल्याप्स नभएको भए २५० प्लस हुन्थ्यो । यो भनेको प्रतिस्पर्धात्मक स्कोर हुन्थ्यो ।’

जिम्बावेमा भएको विश्वकप छनोटमा अर्को टेष्ट टिम वेष्टइण्डिजविरुद्ध शर्ट बलमा नेपाली ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए ।

एसिया कपको पहिलो खेलमा पाकिस्तानले नेपालविरुद्ध फरक रणनीति लियो । उसका फास्ट बलरहरुले बललाई स्वीङ गराए र नेपाली ब्याट्सम्यानहरुले विकेट गुमाए ।

तर भारतको स्वीङ गराउने र शर्ट बल खेल्ने दुबै रणनीतिमा नेपालले राम्रो जवाफ दिएको छ । ‘आज सबैभन्दा सुधारिएको पक्ष भनेको नेपालले शर्ट बलमा पनि राम्रो शर्टहरु खेल्यो’ पूर्व कप्तान पवन अग्रवाल भन्छन्, ‘हामीले भारतसँग डिफेन्सिभ खेलेनौं । हामीले पाएका सर्टहरु आक्रमक भएर नै खेल्यौं ।’

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद समी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एकएक विकेट रह्यो ।

भारतको सहज जित

जवाफी ब्याटिङ थालेको भारतले २.१ ओभरमा १७ रन बनाएको बेला पानीले खेल रोकियो । भारी वर्षा भएपछि करिव २ घण्टा खेल रोकियो र डीएल मेडथका आधारमा खेल २३ ओभरमा छोट्याइयो । अनि भारतले पायो १४५ रनको नयाँ लक्ष्य ।

निकै अनुभवी भारतीय कप्तान रोहित शर्मासँगै शुभमन गिलका लागि नेपाली बलरहरुको सामना गर्न खासै गाह्रो भएन । २०.१ ओभरमा विना विकेटको क्षतिमा भारतले जित्यो । रोहित ७९ र गिल ६३ रनमा अविजित रहे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले भारतीय ओपनरद्वयको तारिफ गरे ।

उनले नेपालको तल्लो अर्डरले पनि पछिल्लो समय राम्रो गरेको भन्दै भने, ‘मध्यक्रममा केही राम्रो गर्न सकिन्थ्यो । हामीलाई ३०/४० रन कम भयो । यदि त्यसो गर्न सकेको भए २६०/२७० रन हुन्थ्यो ।’

भिजेको फिल्डले पनि असर गरेको खेलमा बलरहरुले पनि राम्रो गरेको उनले सुनाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap