एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने नेता रावल


लेखक : सुन्दराञ्चल      माघ १७, २०७८ मा प्रकाशित     
एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने नेता रावल

 काठमाडौं माघ १७, । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा अनुमोदनका लागि पेश भए विपक्षमा मत दिने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र एमसीसीबारे आफूले थाहा पाएको दाबी गरे ।

‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डा. भट्टराई) ले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो,’ उनले भने, ‘वास्तवमा प्रतिनिधिसभामा पेश भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने नेता रावलले बताए । उनले एमसीसीबारे प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र समेत लेखेका छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap