एक दम्पती, एक अर्कोलाइ दिएनन् भोट, तर फरक पार्टीबाट चुनाब जिते,


लेखक : सुन्दराञ्चल      जेष्ठ ४, २०७९ मा प्रकाशित     
एक दम्पती, एक अर्कोलाइ दिएनन् भोट, तर फरक पार्टीबाट चुनाब जिते,

महेन्द्रनगर: कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ का सन्दीपकुमार उपाध्याय र कमलादेवी उपाध्याय पति, पत्नी हुन् । दुवै जनाले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराए ।सन्दीप नेकपा एमालेका तर्फबाट वडा नं।

७ को खुल्ला सदस्य र कमलाले नेपाली कांग्रेसबाट महिला सदस्य पदमा उम्मेवारी दिए । दुबै जना फरक–फरक ढंगले प्रचारमा खटिए, आआफ्ना पार्टीका मेयर, उपमेयर उम्मेदवारहरुसँग ।उनीहरुको मेहनतले परिणाम देखायो । दुबै जना सदस्य पदमा निर्वाचित भएका छन् । एकले अर्कालाई मत पनि नदिएको उनीहरुले बताए । ‘हामी श्रीमान, श्रीमती हौं, तर, एकले अर्कालाई भोट हालेनौं,’ कमलाले भनिन्, ‘उहाँ एमाले, कांग्रेस । कसरी उहाँलाई भोट हाल्न सक्छु र .

एउटै परिवारको व्यक्ति भए पनि श्रीमानलाई भोट दिँदा राजनीतिक बेइमानी हुने भएकाले मत नदिएको कमलाले बताइन् । ‘परिवारका सदस्य भए पनि हरेक व्यक्तिको विचार फरकफरक हुन्छ,’

उनले भनिन्, ‘विचार र सिन्द्धान्तले नै पार्टीमा जोडिने हो ।’बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयले वडा नं। ७ मा निर्वाचितहरुको विवरण सार्वजनिक गरेको थियो । दुबै जना निर्वाचित भएका छन् । दुबै जना कसरी निर्वाचित हुनुभयो रु भन्ने प्रश्नमा कमलाले भनिन्, ‘टिकट पाएपछि वडाका सबै घरमा पुगेकी छु, सबैसँग मत मागेकी छु, उहाँले पनि सबैसँग मत माग्नु भयो होला ।’महिला सदस्यमा कमलाले ७ सय ९२ मत पाएकी छन्

भने उनका श्रीमान सन्दीपले खुल्ला सदस्यमा ७ सय ५५ मत पाएका छन् । दोश्रो खुल्ला सदस्यमा भने कांग्रेसका आयातबहादुर क्षेत्री ७५० मतसहित चुनिए ।यो वडाको वडाध्यक्षमा नेकपा एमालेका ज्ञानेन्द्र बहादुर वहेकक्षेत्री ७६९ मतले विजयी भए, दलित महिला सदस्यमा कांग्रेसकी देविसरा सुनार ७९२ मतसहित निर्वाचित भइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap