ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरियो


लेखक : सुन्दराञ्चल      साउन ३१, २०८० मा प्रकाशित     
ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरियो

साउन ३१, ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ ।

छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार भारतको आइएसएल क्लब मोहन बगान सुपर जायन्ट्ससँग ३(१ ले पराजित हुँदै मछिन्द्र बाहिरिएको छ ।
मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए ।

गत साता घरेलु मैदानमा भएको पहिलो खेलमा भुटानको पारोलाई प्रतिस्पर्धात्मक खेलमा ३(२ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको मछिन्द्र उच्च आम्तबलका साथ कोलकता पुगेको थियो ।

कोलकतास्थित साल्ट लेक स्टेडियममा भएको खेलमा ३९औं मिनेटमा अनवर अलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले ५९औं मिनेटमा दोस्रो गोल खायो । जासोन कमिङ्सले गोल गर्दै मोहन बगानको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा मेसुले फ्रिकिकमा सानदार गोल गरेपछि मछिन्द्रले खेलमा फर्कने प्रयास गरेको थियो । तर सफल हुन सकेन । ८५औं मिनेटमा अनवर अलीले व्यक्तिगत दोस्रो गोल गर्दै मोहन बगानको अग्रता ३(१ बनाए । त्यही अग्रता कायम राख्दै मोहन बगानले प्लेअफको यात्रा तय गरेको छ ।

एएफसी कपको समूह चरण पुग्नका लागि मोहन बगानले अब प्लेअफमा बंगलादेशी क्लब ढाका अबहानीसँग खेल्नेछ । अबहानीले बुधबारै माल्दिभ्सको क्लब इगल्सलाई हराएर प्लेअफमा स्थान बनाएको हो

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap